नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
जति मयाँ गर्छौ तिमी त्यो भन्दा बढी तिमीलाई
मायाँ गर्ने कोहि भए प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
साथी मध्ये त्यस्तो मिल्ने तिमी प्रति अति पागल
चैन हर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
नबोलेरै कति कति आँखा आँखा बाट मुटु
मायाँ भर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
पवित्र प्रेम साइनो कहिल्यै नछुदिने बाचा गर्दै
ज्यूने मर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
शुःख दुःख सँगै काट्न आँधि भेल जिन्दगीको
जँघार तर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
सन्बन्धको नयाँ सुरुवात रातो गुलाफ बाट गर्दै
खुसि छर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
प्रेम दिवस सफल पर्न माया गर भन्दिन म
अन्जान यो भुमरीमा करले पर भन्दिन म
नाचिनेनी तिमी प्रति आकर्सित भा’छु म त
मेरै निम्तो छ भनेर बेसी झर भन्दिन म
पल्लो तीरमा तिमि अनि यो तीरमा म छु
बोलाउदै छु तर पनि नदी तर भन्दिन म
महासागर पर्लय रहेछ जिन्दगीलाइ बुझ्दा
अझै बुझ आबेशमा कोठा सर भन्दिन म
सत्यता त एक्लो नै हो, एक्लै जन्मेउ हामी
जिन्गागी भर मेरै लागि बाँच-मर भन्दिन म
जति जल्छन् जलन देउ, भेट्न आउ है प्रेम दिवसमा
कुरा चलछन् चल्न देउ, भेट्न आउ हे प्रेम दिवसमा ॥
हामी दुईको माया देखी, कुरा काट्ने धेरै छन् नी
आरीसे ढल्छन् ढल्न देउ, भेट्न आउ हे प्रेम दिवसमा ॥
सक्ने हैन केही गर्न, हामी दुईको सामु यिनले
पछी छल्छन् छल्न देउ, भेट्न आउ है प्रेम दिवसमा ॥
लामो बाटो दु:ख धेरै, थाक्छु भन्छेउ किन काली
गोडा गल्छन् गल्नदेउ, भेट्न आउ हे प्रेम दिवसमा ॥
गाउँले सारा हाम्रो पछी, किन आँखा बाली लाग्छन्
आँखा बल्छन् बल्न देउ, भेट्न आउ है प्रेम दिवसमा ॥