ज्वाइँले खु’र्पा प्रहार गरी ससुराको ह’त्या

नवलपरासी, ५ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खु’र्पा प्रहार गरी ससुराको ह’त्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खु’र्पा प्रहार गरी ह’त्या गरेका हुन् ।

ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खु’र्पा प्रहार गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खु’र्पाको प्रहारबाट ग’म्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

ह’त्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खु’र्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्