घोराही, २८ भदौ। जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि च’क्कु प्र’हार भएको छ। हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे। त्यसै क्रममा गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो ।
विवादकै क्रममा होटलकि साहुनीले हवल्दारलाई च’क्कु प्र’हार गरेकी हुन्। दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि च’क्कु प्र’हार गरेको अनु’सन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। च’क्कु प्र’हार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनु’सन्धान भइरहेको र का’नुनी कार’बाही हुने एसपी चन्दले बताए ।