पत्नीले झु’ण्डिएर आ’त्मह’त्या गरेपछि प्रहरी जवान पक्राउ

दाङ, २४ मंसिर । दाङमा पत्नीले झु’ण्डिएर आ’त्मह’त्या गरेको अवस्थामा फेला परेपछि एक प्रहरी जवान पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी स्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घर भित्रै झु’ण्डिएर आ’त्मह’त्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जित बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले सोध पुछका लागि नियन्त्रणमा लिएको छ प्रहरीले जनाएको छ । पोष्टमा’र्टम भइ नसकेको र रिपोर्ट पछि मात्र घटना बारे भन्न सकिने प्रहरीले बताएको छ ।

यसैबीच माइती पक्षले भने आफ्नी छोरीको ह’त्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जा’हेरी दिएका छन् । सुनिताको माइती बाँके हो । प्रहरी जवान जित बहादुर हाल भैरहवामा कार्यरत छन् । उनी घर बिदामा केही दिन पहिले मात्रै आएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्