प्रहरीको नाम लिएर ठ’गी गर्ने एक जना पत्रकार पक्राउ

काठमाडौं, ३१ साउन । प्रहरीको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनु’सन्धान ब्युरो(सिआइबी)को टोलीले धादिङ निलकण्ठ नगरपालिका वडा १४ घर भई हाल काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

उनी आलो’चना साप्ताहिकका पत्रकारसमेत भएको खुलेको छ । अधिकारीले ‘एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ । सिआइबीले पक्राउ गर्ने तयारी गरेको छ’ भन्दै डर त्रास दिएर पैसा लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

अधिकारीले सिआइबीका प्रहरी निरीक्षकलाई पाँच लाख रुपैयाँ दिए मु’द्दा मिल्ने भन्दै ठगी गर्न खोजेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो पनि हेर्नुहोस् :-

कैलाली, ३१ साउन । कैलालीबाट आठ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका–१ बषपार्कमा रहेको दिपावली होटल एण्ड लजमा ता’स खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जु’वा खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रण लिएको हो । जु’वाखा’लबाट ८१ हजार रुपैयाँ र ता’सको गड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ बस्ने, ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्षमण बुढाथोकी, ३३ वर्षीय जिबन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल, २० वर्षीय पबन थापा छन् ।

लम्की चुहा नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रकाश शाही, वडा नम्बर ४ का ३३ वर्षीय पुरन बिक, र घोडाघोडी नगरपालिका–१ बस्ने अक्कल शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्