प्रधानमन्त्री ओलीविरूद्ध मानहानीको मुद्दा दर्ता

काठमाडौँ, १३ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा पेश भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेक थिए। अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा दर्ता गरेको खुलेको छ।

‘खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, निवेदनमा भनिएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन्

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्