प्रधानमन्त्री ओलीले राजनीतिक मुद्दा हारिसके : प्रचण्ड

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा संसद् पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले अदालतमा बहस सकिएर हेर्दाहेर्दैमा रहेकाले कुनै पनि बेला फैसला हुने बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मुद्दा हारिसकेको बताएका छन् । अब उनलाई व्यवहारिक रुपले परास्त गर्नका लागि आफूहरुले नयाँ प्रकारको यु’द्ध जित्नुपर्ने उनले बताए ।

प्रचण्डले प्रतिनिधि सभा वि’घटन पछिको संघर्षलाई नयाँ यु’द्धको नाम दिएका थिए । उनले अहिले एकचोटि फेरि जनयु’द्ध र जनआ’न्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुलाई अ’पह’रण गर्ने अ’पह’रणका’रीहरुका वि’रुद्ध एउटा नयाँ प्रकारको यु’द्धमै रहेको बताए। तर यो यु’द्ध भने र’क्तपा’तपूर्ण र हिंसा’त्मक नभएको उनको भनाइ छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्