प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ : वामदेव गौतम

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । सर्वोच्चले संसद पुनर्स्थपानाको फैसला गरेसँगै गौतमले बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

उनले सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको पनि बताएका छन् । संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका छन् । त्यस्तै, उनले नेकपाको उपाध्यक्षको हैसियतले दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको जिकिर गदै उनले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि बताएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्