काठमाडौँ , १८ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन्। बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका बालुवाटार स्रोतले जनाएको छ।
शनिबार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, पररष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुष्टि भएको थियो।
त्यस्तै, बालुवाटारमा कार्यरत २८ नेपाली सेना, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरि ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, अझै ४५ जनाको पीसीआर रिपोर्ट आउनै बाँकी रहेको जनाइएको छ । यहि महामारीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन्।