३० जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट पक्राउ

तनहुँ, २५ कात्तिक। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस

काठमाडौं, २५ कात्तिक। राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाईएको कर हटाएकोमा धन्यबाद दिएका छन् । अध्यक्ष थापाले ट्वीटरमा लेख्दै सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिएका छन् ।

साथै अध्यक्ष थापाले अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गरेका छन् । अध्यक्ष थापा भन्छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद।

अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’ प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै बिद्युतीय गाडीको बिषयमा सम्झाएका हुन् ।

अध्यक्ष थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्