विराटनगर, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट सि’ध्याउनका लागि केही व्यक्ति लागि परेको दा’वी गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आ’लोचना पनि गरे ।
उनले प्रचण्ड खिइँदै गएको बताए । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उनेले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीलाई सुरुमा वैद्यले छोडे, पछि डाक्टरले छाडे, अहिले झाँक्रीको साथमा हुनुहुन्छ ।’
विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।
उनले भने, ‘अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहा’कार चढेको छ ।’ उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।