पौडी खेल्न गएका तीन बालक डुबेको अवस्थामा भेटिएपछि…

बाँके, १२ बैशाख । नालामा डुब्दा बाँकेको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीमा तीन बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको जनाइएको छ । शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्