पोखरा अन्तरास्ट्रिय विमानस्थल अपडेट: आधा भन्दा बढी काम सकियो (भिडियो सहित)

पाेखरा, १४ साउन। पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिलेपनि लकडाउन जस्तै छ तर काम भने भईरहेको छ ।
विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले बताउनुभयो ।

जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुनेहो भने समयसिमामा काम सकिने उहाँले बताउनुभयो ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

हेर्नुहोस भिडियो

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *