काठमाडौं, २० असार। बेलाबेलामा चर्चामा आइरहने पूर्व युवराज पारस शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा देखा परे। उनी बिरामी भएर अस्पताल गएका भने होइनन् ।
सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्याग्रहमा बसेका युवालाई भेट्न पारस अस्पताल पुगेका हुन्। सत्याग्रहमा बसेका पुकार बम र इशान अधिकारीले को’रोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने माग राख्दै सत्याग्रहमा बसेका हुन् ।
इनफ इज इनफ’ अभियानका अधिकारी र बम आठ दिनदेखि (पाटनमा) सत्याग्रहमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको हो।
पछिल्लो समय पोखरामा रमाउँदै आएका पारस बिहीबार मात्रै काठमाडौं आएका हुन् । अस्पतालमा पारसले इशानका अभिभावकसँग पनि केहीबेर कुराकानी गरे।