फ्रान्स–स्पेन–जर्मनी–इटलीमा पुनः बढ्न थाले संक्रमित

फ्रान्समा बिहिबार कोरोनाका ४ हजार ७ सय ७१ नयाँ संक्रमित फेला परेका छन् । यो बुधबारको तुलनामा एक हजार बढि हो । एक दिन नै देशमा चार हजारभन्दा बढी संक्रमित भेटिएको मे महिनापछि यो पहिलो मौका हो ।

फ्रान्सबाहेक स्पेन, जर्मनी र इटलीमा पनि कोरोना संक्रमितको संख्यामा तीब्रता देखिएको छ । स्पेनमा अब धेरैजसो संक्रमण युवामा देखिएको छ जबकी जर्मनीमा भने अन्य देशको यात्राबाट फर्किएका मानिसहरुमा देखिएको छ । स्पेनमा बिहिबार ३ हजार ३ सय ४९ नयाँ संक्रमित भेटिएका छन् ।
बेलायतमा पनि बिहिबार ११ सय ८२ नयाँ संक्रमित देखिएका छन् । जबकी जर्मनीमा १७ सय ७ नयाँ संक्रमितको पुष्टि भएको छ । कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित बताएको युरोपेली देश इटलीमा पनि बिहिबार ८ सय ५४ नयाँ संक्रमित थपिएका छन् । मे महिनापछि पहिलो पटक इटलीमा यति धेरै संक्रमित फेला परेका हुन् ।

यस्तै फ्रान्समा ठूलो परिमाणमा परीक्षण बढाइनुले संक्रमितको संख्यामा वृद्धि भएको बताइएको छ । गत हप्ता फ्रान्समा ६ लाख ६४ हजारभन्दा बढीको परीक्षण गरिएको छ ।

तर चिन्ताको कुरा के हो भने जुलाईको तुलनामा अगस्टमा लगभग दोब्बर संक्रमित भेटिएका छन् । फ्रान्सका विभिन्न शहरमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

लकडाउन खुकुलो र जनजीवनलाई सामान्य बनाउने कोसिसका कारण संक्रमितको संख्यामा तीब्रता आएको पनि बताइन्छ । यसबाहेक सामाजिक दुरीको प्रावधान नमानेका कारण पनि संक्रमितको संख्या लगातार बढिरहेको छ । बीबीसी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्