पीसीआर रिपोर्ट नहुनेलाई भारत प्रवेशमा रोक

काठमाडौं, १२ फागुन । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो ।

हालसम्मको खुल्ला प्रवेशलाई निषेध गर्दै भारत सरकारले देश भ्रमणमा आउने जो कोही यात्रुले यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । योसँगै अबभारत जान चाहने सबै यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ । यद्यपि यस्तो प्रावधान भने हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र हो ।

भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले नेपालबाट भारत जाने यात्रुका लागि पीसीआर परिक्षणका नेगेटिभ रिपोर्ट अनलाइनमा अपलोड गरेपछि मात्र यात्रा गर्न पाइने निर्णय गरेको छ ।

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो । अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ ।

अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ । अर्कोतर्फ कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्ट समेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ । सीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम भने नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा उपलब्ध रहेको छ । हाल नेपाल–भारत नेपाल एयरलाइन्स र एयर इण्डिया दुईवटा मात्र एयरलाइन्सले उडान भर्दै आइरहेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्