पि.एन क्याम्पस पोखरामा शिक्षकहरुको आन्दोलन

पोखरा, २१ मंसिर। पि.एन क्याम्पस पोखरामा पत्रकारिता बिद्यार्थीहरुको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । वर्तमान क्याम्पसको अवस्था बिद्यार्थी विचको भलाकुसारी र अनलाईन कक्षाको ब्यापकताको बारेमा छलफल गरिएको छ ।

पृथ्विनारायाण क्याम्पसका नेपाली आम संञ्चार तथा पत्रकारिता विभागिय प्रमुख प्रा.डा कुसुमाकर न्यौपाने सँग विद्यार्थीहरुको अन्तकृया भएको छ । पत्रकारिता बिषयकोअध्यन गराउने शिक्षकहरु अस्थायी हुन। लामो समयसम्म अस्थायी शिक्षकहरुको आन्दोलन छ । प्रा.डा न्यौपानेका अनुसार आफुले सक्दो प्रयास गरिरहेको शिक्षकहरुलाई पढाउन पटक पटक आग्रह गरेको बताए।

हालै पृथ्वीनारायण क्याम्पसका सबै संकायका केही कक्षाहरु माईक्रोसफ्ट टिमबाट सुचारु भएका छन् ।आंशिक शिक्षकहरुको समस्या समाधानको निम्ति क्याम्पस प्रशासन, आँशिक शिक्षक ,प्राध्यापक प्रतिनिधि बिद्यार्थी प्रतिनिधि समेतको टोली विश्व बिद्यालयका पदाधिकारी सँग आँशिक शिक्षकको समस्या समाधानको निम्ति छलफल गर्न मंसिर १९ गते काठमाण्डौ गएका थिए ।

यस छलफल बाट सकारात्क निष्कर्ष आई पूर्ण रुपमा प्रभावकारी तरिकाले कक्षा संचालन हुनेमा आशावादी रहेको प्रा.डा न्योपानेले बताए । पछिल्लो समय के निर्णय भयो त भन्ने प्रश्नमा प्रा.डा न्यौपाने लाइ अहिले सम्म कुनै जानकारी नआएको बताए।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्