पिरामिड शैलीको नेटवर्किङ व्यवसाय मार्फत ठग्ने ३ जना पक्राउ

काठमाडौं, १८ कत्तिक । पिरामिड शैलीको नेटवर्किङ व्यवसाय मार्फत ठग्ने ३ जनालाई प्रहरीले म्याग्दी बाट पक्रेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार भारतीय कम्पनी ‘ओरियन्स ग्लोवल मार्केटिङ’ मार्फत पिरामिड शैलीमा सदस्य विस्तार गरेर ठग्ने ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्वतका होमनाथ जैसी, सरोज शर्मा र काठमाडौं टोखा घर भएका प्रदिप रिजाल छन् । म्याग्दी, पर्वत र बाग्लुङमा उनीहरुले ‘छोटो समयमा राम्रो कमिशन आउँछ’ भन्दै भारतमा उत्पादित फुड सप्लिमेन्ट किन्ने सदस्य बनाएर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान बाट थाहा भएको छ ।

पिरामिड शैलीको नेटवर्किङ मार्फत सो समूहले २० हजार देखी १ लाख १२ हजारसम्म पैसा लिएर सदस्य बनाउने गरेका थिए । डेढ महिनाको अवधिमा उनीहरुले म्याग्दीका १ सय ४१ जनालाई सदस्य बनाएर ठगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्