पाेखरामा ला’गऔषध सहित एक व्यक्ति पक्राउ

पाेखरा, ३० मङसिर। पाेखरामा ला’गऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । मङसिर २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ला’गूऔषध सहित ३५ वर्षिय मिन बहादुर तामाङ लाई पक्राउ गरेकाे हाे ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं १ भुर्जुङखोला घर भएका मिन बहादुर पोखरा महानगरपालिका वडा नं १९ लामाचौर बस्दै आएका थिए ।

मिन बहादुर तामाङको साथबाट ला’गूऔषध डाईजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल फेला पारेकाे हाे। ला’गूऔषध सहित फेला परेका तामाङलाई प्रहरीले थप अनु’सन्धान प्रकृया अगाडी बढाएकाे छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्