पहिरो पिडित गाएक प्रशान्त तामाङ लाई आर्थिक सहयोग

लमजुङ्ग,१८ साउन। बर्षा सुरु भएसंगै नेपालमा बाढी पहिरोको जोखिम रहने गर्दछ। यस बर्ष पनि नेपालका अधिकाशं स्थानमा पहिरो गयो । धेरैले पहिरोकै कारण ज्यान गुमाए । धेरैले आफ्ना आफन्ती गुमाए भने धेरैले आफ्नो घर खेतबारी गुमाए । यसैबिच लामो समय देखी पोखरालाई कर्मथलो बनाएका गायक प्रशान्त तामाङ को परिवारलाई पनि पहिरोले घर बिहिन बनाएको छ ।

राईनास नगरपालिका वडा नम्बर ५ लोच्सेमा यही साउन ५ गते गएको पहिरोमा उनको घर पुर्ण रुपमा क्षेती भएको हो । अहिले बाबा धन बाहादुर तामाङ र आमा लक्ष्मी तामाङ सहित ७ जनाको परिवार अरुकै घरमा आश्रय लिन वाध्य भएका छन ।

अहिले उनको परिवार राईनास ५ तीनपिप्लेमा छिमेकिको घरमा बसिरहेका छन । तमाङको यस्तो अवस्थामा पोखरामा रहेका उनका सहकर्मी साथीहरुको समुहले आर्थिक सहयोग गरेका छन ।

शनिबार तामाङको परिवारलाई आर्थिक सहयोग गर्न पोखराबाट गएको १० जनाको समुहले लम्जुङमा उनी अहिले बसेको स्थानमा पुगी नगद रु ४०,५५५ हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्