पहिरोले दलित बस्तीका २२ घरधुरीले बस्ती छाडे

हुम्ला, २ साउन । पहिरोले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिए ।

पहिरोले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको दमाईँले बताए । उनले भने, “पहिरोले हाम्रो त उठीवास गरायो ।”

माथिबाट आएको सुख्खा पहिरोले घर झु’ण्डिएको अवस्थामा रहेपछि सबै घर खाली गरेर बारीमा सरेका छन् ।

आफूले लगाएको मकै, कोदो, धान सबै पहिरोले छोपेर लगेपछि घर पहिरोमा झुण्डिएको अवस्थामा रहेको बताउँदै स्थानीयवासी तुथा परियारले भने, “झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”

पहिरोमा परेर मानवीय र पशुचौपायाको क्ष’ति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताए ।

पहिरो स्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *