पहिरोले जन्मदिन कार्यक्रम मनाउदै गर्दा लियो ज्यान

पोखरा, २६ असार। पोखराका गए राति विभिन्न स्थानमा अविरल वर्षाका कारण गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

गए राति करिब २ः४५ बजेको समयमा भारी बर्षाका कारण पोखरा महानगरपालिका–१८ स्थित सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा घरका ३ सदस्यको मृत्यु भएको छ ।

पहिरोमा परि घरमुली ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा साथै ६ वर्षीय नाती सुवान थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिएको जानकारी दिए।

थापाको परिवारमा बिहीबार जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए यकिन बिबरण खुल्न सकेको छैन। यद्यपि जानकारी आएका मध्य टंककी साली दमौली घर भएकी सरस्वती श्रेष्ठ घाइते भएकी छिन् भने उनका दुई छोरा वर्ष ८ का शीतल श्रेष्ठ र वर्ष १० का सन्देश श्रेष्ठ मध्य एक जनाको मृत्यु भएको छ र अर्का एक जना घाइते छन् ।

तर कुन शीतल हुन र कुन सन्देश हुन चिन्ने मान्छे नभएकाले यकिन भइसकेको छैन। सोही घटनामा परी छिमेकी ११ वर्षीया बालिका इशिका थापाको पनि ज्यान गएको छ ।

घटनामा टंक थापाकी छोरी २२ वर्षीय छोरीको खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन् । दुवै जनाको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ । ५ वर्षीया पिरिषा थापालाई पनि टाउकोमा चोट लागेको छ ।

यसैगरि थापाका छिमेकी १९ वर्षका अनिश तामाङ, १९ बर्षका रशी थापा, १९ बर्षकै रश्मी थापा घाइते भएका छन्। उनीहरुको पनि मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पोखरा महानगरपालिका–२५ हेमजा मेलबोटमा पहिरो जाँदा रामचन्द्र अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा अन्य मानवीय क्षति भने भएको छैन यद्यपि तीन वटा बाख्रालाइ पनि पहिरोले लएको छ।

त्यस्तै पोखरा १८ को छोरेपाटन सिमलटुँडा स्थित चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी चन्द्रबहादुर मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिएका छन्।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्