पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु

पर्सा, ०६ भदौ। संक्रमणको ‘हटस्पट’ मानिएको पर्साको वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै भएको र उनीहरु मृगौला र मधुमेहका रोगी रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो।

त्यस्तै बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी पीडित रहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उनमा ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता हुने समस्या देखिएको थियो । प्रशासन कार्यालयका अनुसार दुवै जना संक्रमितको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो ।

यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्