परदेशीको कथा समेटिएको मार्मिक गीत, एकपटक अवश्य हेर्नुहोला (भिडियो सहित)

विभिन्न कारणले मातृभूमि छोडेर प्रवाशिने नेपालीको लाइन बाक्लो नै छ । परिवारसँगै जीवन जिउने चाहाना भए पनि साहुको ऋण र गरिबीले थिचेपछि चलिरहेको दैनिकीलाई बदल्नु नियति जस्तै बनेको छ । जिम्मेवारी तथा गरिबीले मातृभूमि तथा परिवारै छोड्नु परेको तितो सत्यलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको मौलिक लोक गीत परदेशीको कथा बजारमा आएको छ ।

राजु केसीले सिर्जना गरेको शब्दलाई गोविन्द चापागाईं र रमा राना मगरले आवाज दिएका छन् । गीतमा निश्चल दवाडीले लय सिर्जना गरेका हुन भने संगीत संयोजन तथा अडियो मास्टरिङ्ग दिबस थापा मगरले गरेका हुन ।

वास्तविक जीवनको भोगाईलाई कलात्मक रूपमा निश्चल दवाडीले पर्दामा उतारेका छन भने मनोज नेपाली र सपना नेपालीको जीवन्त अभिनय हेर्न सकिन्छ । समीर रामदामले सम्पादन गरेको भिडियो शिव राजा र अनीश कार्कीले खिचेका हुन् । बाबा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत बजारमा आएको गीतमा संगीत दवाडीकै रहेको छ । भिडियो यस्तो छ :

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्