पत्नीको ह’त्याको अभियोगमा जेल चलान भएका पूर्वडीआईजी रन्जन कोइराला जे’लमुक्त

काठमाडौँ, ०८ साउन। आफ्नै पत्नीको ह’त्याको अभियोगमा जेल चलान भएका पूर्वडीआईजी रन्जन कोइराला जे’लमुक्त भएका छन्। दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार बिहान ११ : ५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन्।

कोइराला पत्नी गीता ढकालको ह’त्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा ह’त्या गरी ज’लाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकै’दको सजाय पाएका कोइरालाको बाँकी कै’द मिनाह गरेको थियो ।

श्रीमतीको ह’त्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकै’द हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कै’द छुट दिएको हाे। सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला बिहीबार कै’दमुक्त्त भएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्