सामाजिक यथार्थता चित्रण गरिएको गीत हाम्लाई न्याय दे युट्युबमा सार्वजनिक भएको छ । गीतले जातिएको भेदभावको तितो यथार्थ, बिभिन्न सामाजिक अपराधहरु, सिमा बिबाद लगाएतका बिषय उठाउने प्रयास गरेको छ ।
गीतको स्वर, शब्द तथा लय सृजना आयुश परियरको रहेको छ भने बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।
सार्वजनिक गीतको भिडियोमा आयुश परियर, युबराज गैरे, लालु सुनार लगाएतको अभिनय रहेको छ । गीतको भिडियोलाई आयुश परियरले निर्देशन गरेका हुन । मनोज बिक “भाबुक”ले छायांकन गरेको भिडियोलाई प्रकाश धमला “भान्जा” सम्पादन गरेका हुन । गीतको भिडियो अनलाइन हिरो युट्युब च्यानलमा सार्वजनिक छ ।