नेपाल आइडल सिजन ३ को बिजेता घोषणा: बधाई सज्जा चौलागाँई लाई

काठमाडौं, १२ भदौ । चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को बिजेता मोरङकी सज्जा चौलागाँई बन्न सफल भएकी छन ।

कोरोना कहरका कारण चैत्रमा नै सकिनुपर्ने नेपाल आइडल लम्बिँदै गएपछि अहिले आएर बल्ल फाइनल हुन लागेको हो । आज भएको फाइनलमा बर्दियाका प्रवीण भेटवाल फस्ट रनर अप बन्न सफल भएका छन भने महोत्तरी बर्दिबासका किरण भुजेल सेकेन्ड रनर अप बनेका छन ।

लुकेको प्रतिभालाई समान अवसर दिने नेपाल आइडलमा यसअघि पनि बुद्ध लामा र रवि ओडले बिजेताको लिस्टमा आफ्नो नाम दर्ता गराइसकेका छन भने यस्पाली अर्थात सिजन ३ मा सज्जा चौलागाँईलाई बिजेता घोषणा गर्दै यो सिजनको अन्त्य गरिएको छ ।

प्रवीण भेटवाल

कोरोना कहरका बिच यस अघीपनि नयाँ श्रीङ्खलाहरु छायांकन रोकेर केही समय प्रसारण बन्द भएको नेपाल आइडल स्थिती केही सहज भए लगत्तै पुन: सुचारु गरिएको थियो । तर सबैको पर्खाइको पल ग्र्याण्ड फिनालेमा भने सोचे जस्तो भने नतिजाको पल हुन सकेन ।

नेपाल आइडल निर्माण समुहका एक सदस्यमा कोरोना पोजेटिभ देखिएसँगै सम्पूर्ण प्रतिस्पर्धी सहित निर्णयक लगायतको टोली नै आइशोलेसनमा जानु पर्ने बाध्यता आइपर्‍यो । तसर्थ भाद्रा १२ गते साँझ ५ बजेसम्म प्राप्त भोट् तथा निर्णयकहरुको नतिजाको आधारमा अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रमेशवर थापाले बिजेताको घोषणा गरेका थिए ।

किरण भुजेल

नेपाल आइडलमा पहिलो पटक महिला विजेता बनेर इतिहास स्थापित गरेकी छन् । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेको नजिता एपी वान टेलिभिजनका प्रमुख क्याप्टेन रामेश्वर थापाले घोषणा गरेका हुन् । फाइनल कार्यक्रम चलिरहँदा आयोजक मध्य एक जनालाई कोरोना पुष्टि भएपछि त्यसको नजिता थापाले घोषणा गरेका हुन् ।

फाइनलको औपचारीक कार्यक्रम हुन नपाएकोमा निकै खल्लो भएको थियो । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट सज्जालाई नेपाल आइडल घोषणा गरिएको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्