नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ असार । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्