ललितपुर, १५ असार। नेपालमा पुन: एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
रौतहटका ३० वर्षीय पुरुषको शनिबार राति कोरोना सब्क्रमणका करण मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट प्राप्त भएको हो।परीक्षणका क्रममा ती युवकको रिपोर्ट पोजेटिभ आएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
अस्पतालले जनाएअनुसार बिरामीका चार जना आफन्तलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । तथा संक्रमितको उपचारमा संलग्न एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगीलाई समेत क्वारेन्टिनमा राखिएको छ ।
यद्यपी, ती युवाको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि भने गर्न बाँकी छ । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ