नेपालमा पुन: एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १९ साउन। नेपालमा पुन: एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ ।

त्यसको करिब एक घण्टापछि आएको रिपोर्ट पोजेटिभ रहृयो । वृद्धलाई अस्पताल ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर दासले जानकारी दिए ।

यससँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो । नेपालमा भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

यो पनि पढ्नुहोस
क्वारेन्टिनमा बसेका सुरक्षा गा’र्डले आफैमाथि आ’गो लगाए

रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गा’र्ड बसेका एक युवाले आफैमाथि आ’गो लगाएका छन्।रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गा’र्ड बसेका २४ वर्षका विपिन बस्यालले श’रीरमा म’ट्टीतेल खन्याएर आ’गो लगाएका हुन्।

आ’त्मह’त्या प्रयास गरेका युवाको अवस्था ग’म्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले राति करिब ३ बजेतीर म’ट्टीतेल खन्याएर आ’त्मह’त्या प्रयास गरेको जानकारी पाएपनि आफू बाहिर रहेकोले युवाको अवस्थाबारे बुझ्न अहिले अस्पताल जाँदै गरेको बताए।

देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महा’मारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए।उनले किन आफ्नै शरीरमा आ’गो लगाएका हुन् भन्ने खुल्न सकेको छैन।

श’रीरको धेरै भाग ज’लेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घ’टनाको बारेमा अनु’सन्धान सुरू गरेको बताएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्