नेपालमा दैनिक ६ देखि ७ जना महिला बला’त्कारको सि’कार

काठमाडौं, १६ असोज । नेपालमा दैनिक ६ देखि ७ जना महिला बला’त्कार तथा जब’र्जस्ती क’रणीको सि’कार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पी’डित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बला’त्कार तथा जब’र्जस्ती क’रणीको सि’कार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उ’जुरी आएपछिको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ७० वटा बला’त्कार तथा जब’र्जस्ती क’रणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार ४ सय ४९ वटा बला’त्कारका घटना भएको छ ।

यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बला’त्कार तथा जब’र्जस्ती क’रणीका घटना भइरहेकोे देखाएको हो । तर, गृहमन्त्री रामबहादुर थापाले भने बला’त्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्