नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ०२ भदौ। नेपालमा आज एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यससंगै कोरोनाभाइरस संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने मृतकको संख्या १ सय १४ पुगेको को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै मृतकको संख्या १ सय १४ पुगेको छ भने पछिल्लो चौबीस घण्टामा मात्र ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्