नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन

नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ । छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो ।

नेपालको पहिलो संगीत संयोजक, गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा पनि उनलाई चिन्ने गरिन्छ । रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन् । आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे ।

२०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए । २०५० साल उनी म्युजिक डाइरेक्टर/एरेन्जरका रुपमा म्युजिक नेपालसँग आवद्ध भएका थिए । अरूणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठक लगायतका संगीतकर्मीसँगको संगत उनको जीवनमा बिषेश रह्यो ।

नातिकाजी, शिव शंकर, बच्चु कैलास, गोापल योन्जन, धर्मराज थापा, शम्भुजित बाँस्कोटा लगायत नेपालका अधिकाशं संगीतकारको संगीत संयोजन उनले गरेका छन् । अहिले संगीत सांयेजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्