“देशद्रोही” गीतको भिडियोमा नेपालको झन्डा जलाईयो

एक गीतको म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई जलाईएको छ । युट्युबमा सार्बजनिक “देशद्रोही” बोलको गीतको भिडियोमा नेपालको झन्डा जलाईएको हो । भिडियो सार्बजनिक भएपछि यतिवेला सर्वत्र बिरोध र आलोचना भैरहेको छ ।

र्‍याप शैलिको उक्त गीतमा मङोल ग्याल्ज लिले र्‍याप हानेका छन् । गीतमा “ब्रा जस्तो हिन्दु झन्डा बोकि” जस्ता आपत्तिजनक शब्दहरू पनि प्रयोग भएको छ । झन्डालाई छातिमा पनि उल्टो राखिएको छ ।

गीतमा क्षेत्री बाहुनलाई शरणार्थी भन्दै बिगतका घटनाहरु स्मरण गराईएको छ भने “भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासी मङोललाई छिटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल” जस्ता शब्दहरु प्रयोग भएका छन् ।

हिजो सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

पछील्लो समय हिन्दी कथानक चलचित्र सडक २ को ट्रेलरमा अत्याधिक डिसलाइक आएको चर्चा चलिरहँदा यो गीतले पनि दर्शकहरुबाट गाली र तिरस्कार पाएको छ । सार्वजनिक गीतमा यो खबर तयार पार्दासम्म ९७,१४४ भ्युज आउँदा ७३८ लाइक र ४० हजार बढी डिसलाइक आएको छ ।

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्