काठमाडौं, ६ फागुन । नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिडविरुद्दको खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
नेपालमा यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ । भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन भएको हो । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।
चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार ससर्त आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो । चिनले नेपालमा ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । विभागको यो निर्णयसँगै खोप नेपाल आउने बाटो खुलेको छ ।