काठमाडौं, २२ असार । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीच हिँजो भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रै राजनैतीक विवा’द चुलिएर सतहमा गइरहेको समयमा वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । नेता नेपाललाई भेट्न राजदूत यान्छी आइतबार साँझ नेता नेपालकै निवास कोटेश्वर गएकी थिइन् ।
राजदूत यान्छीले पहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि नेपाललाई भेट्न गएको बुझिएको छ । वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पु’ष्टि गरेका छन्।
प्रधानमन्त्री फे’र बद’लका बारेमा निर्णायक हुनसक्ने अनुमान गरिएको नेकपा स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा यान्छीको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यी कमिटी बैठक सोमबारलाई तय भएको छ । करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवा’दले ग’म्भी’र मोड लिएका बेला राजदूत यान्छीको समेत सक्रियतापछि साम्य भएको चर्चा गरिएको थियो ।