नेकपाका नेताको ह’त्या आ’रोपमा काँग्रेसका वडाध्यक्ष पक्राउ

सर्लाही ०४ साउन। नेकपाका एक स्थानीय नेताको हत्या भएको छ। उक्त हत्याको अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ। हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत असार ७ मा धारिलो हतियार प्रहार गरी एक व्यक्तिलाई हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो उक्त शव स्थानिय नेता रामजनमको थियो। हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको हो।

६० वर्षीय रामजनम भनिने रामजल राय, रामनगर गाउँपालिका वडा नम्बर–४ का बासिन्दा हुन्। बहुअर्वाका ६० वर्षीय रामजनम रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको छ । अदालतको आदेश नुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर कारागार चलान गरिएको छ ।

रामजलको हत्यापछि उनको परिवारले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोसहित ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो। जाहेरी परेका मध्ये ८ जना अझै पनि फरार छन् ।

नेता रामजलको हत्यापछि नेकपा र काँग्रेस एक–अर्का विरुद्ध पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन्।
यसैक्रममा दुवै पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा प्रहरीसहित करिब दुई दर्जन जति घाइते पनि भएका थिए।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्