निषेधाज्ञा अबिधिभर घरको कम्पाउण्डमा पनि निस्किन नपाईने

बारा, १ भदौ । मध्य तराईको बारामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार नै जारी गरेको विज्ञप्ति अनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४ घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ ।

अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत निस्कन नपाइने विज्ञप्तिमा जनाइएको छ । यसैगरी, भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ ।

यो आदेशको बर्खिलाप गरी सवारी साधन वा मोटरसाइकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :-

पोखरा, १ भदौ । पोखरामा एक साता निषेधाज्ञा लागु हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाको कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठकले १ साता कडा निषेधाज्ञा लगाउने निणर्य गरेको समितिका सदस्य शोभामोहन पौडेलले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा सोमबार राती सुरु भएर भदौ ८ गते रातीसम्म हुन्छ । त्यसपछि भने स्थिति हेरेर निर्णय गरिने पौडेलले जानकारी दिए ।

निषेधाज्ञाका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामाग्री ढुवानी गर्नेबाहेक जिल्ला प्रशासनबाट पास नलिएका सवारी संचालन हुन पाउने छैनन् । पोखरामा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । ति मध्ये १ सय १५ जना निको भएकाछन् भने एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्