निश्चल दवाडिको आवाजमा प्रदेशिको पिँडा समेटिएको गीत सार्वजनिक

नेपाली लोक संगीतको फाँटमा पछील्लो समयमा माया पिरतिका गीतहरु धेरै आएका छन । तर यो माहोलमा निश्चल दवाडिको आवाजमा प्रदेशिको पिँडा समेटिएको गीत मुलबाटो सार्वजनिक भएको छ । गीतको शब्द तथा लय सिर्जना पनि निश्चल आँफैले गरेका हुन ।

शाहउको रिण कढेर गएको छोरो सम्झेर आमा रोइरहेको द्रिश्यले भबुक नहुने को होलन र ? त्यसैमाथी प्रदेशमा रहँदाको दु:ख, कष्ट अनी जती थकाई लाग्दा पनि काममा जानु पर्ने वाध्यता गीतका शब्दहरुले बोलेका छन ।

आम नेपालीको बेदना बोलेको गीतको संगीत संयोजन दिवस थापा मगरले गरेका हुन भने गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.ली.मा रेकर्ड गरिएको हो । गीतमा गोबिन्द चापागाईँले बोलेको सुरुवातिक संबादले पनि गीतमा मिठास थप्ने काम गरेको छ ।

गीतको भिडियोमा पनि शब्दले माग गरे अनुरुपका दृष्‍य समाबेश गरिएको छ । निश्चन दवाडिको निर्देशनमा तयार पारीएको गीतको भिडियोमा अनिता पन्त, रोबर्ट घिमिरे र सुजन रोका लगायतको अभिनय देख्न सकिन्छ । अर्जुन बाँस्तोलाको छायांकन, रोबर्ट घिमिरेको सह-छायांकनमा तयार पारिएको भिडियोको सम्पादन सुबाश अम्गाईँले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्