निर्मला पन्तको बला’त्कारपछि भएको ह’त्याको मुद्दा आज सम्म पनि दर्ता नभएको खुलासा !!

कञ्चनपुर, १६ साउन। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको साउन १० गते दुई वर्ष पूरा भएको छ। लामो समयसम्म पनि अभियुक्त पक्राउ नपर्दा मुद्दा चल्न सकेको छैन। कुनै समय कञ्चनपुरदेखि काठमाडौंसम्म धेरै मानिसलाई सडकमा ओरालेको यो घटना अहिले सेलाउँदै गएको छ।

घटनापछि दुई प्रहरी प्रमुख फेरिएका छन्, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली। शैलेश थापा क्षेत्री अहिले प्रहरीको नेतृत्वमा छन्। हरेक प्रहरी प्रमुखले पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउने बाचा गर्दै आएका छन्। तर, यो बाचा पूरा नहुँदै अनिवार्य अवकाशमा जानु प्रहरीको नेतृत्वको नियती नै हुँदै आएको छ।

घटना भएका बेला सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए। निर्मला हत्याका अभियुक्त पत्ता लगाई छाड्ने उद्घोष गरेका खनालले आफ्नो कार्यकालमा कुनै उपलब्धि हासिल गर्न सकेनन्। गृहमन्त्रीदेखि उपप्रधान तथा रक्षामन्त्रीले समेत हत्याको बारेमा धेरै भाषण गरे। तर, उनीहरुको भनाईकाे पुष्टि पनि हालसम्म हुन सकेको छैन। यसरी शीर्ष नेताको भाषण र सञ्चार माध्यमका कतिपय समाचारले अनुसन्धान नै गिजाेलिन पुग्यो।

खनालपछि प्रहरी महानिरीक्षक बनेका ठाकुर ज्ञवालीले पनि निर्मला हत्याको रहस्य पत्ता लगाउने बताए। उनको कार्यकालमा पनि केही प्रगति भएन।

हाल सम्म पनि बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको कुनै पनि मुद्दा नै दर्ता गरिएको छैन । केवल प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध उजुरी दर्ता भएको थियो । त्यो मुद्दाबाट अहिले सबै ८ जना आरोपीहरुले सफाइ पाइसकेका छन् ।

सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरका नाममा दर्ता भएको उक्त मुद्दामाथि जिल्ला अदालत कञ्चनपुरले फैसला गरी आरोपीहरुलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको थियो ।

मुद्दा लागेपछि निलम्बित गरिएका प्रहरी अधिकारीलाई जिल्ला अदालतको सफाइसँगै आफ्नो जिम्मेवारीमा फर्कने बाटो खुलेको छ । सफाय पाएकामध्ये एसपी बिष्ट र इन्सपेक्टर जगदीश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएकाले उनीहरुको पुर्नवहालीको मौका छैन ।

प्रहरी संगठन भन्छ, सफाइ पाएका प्रहरी कर्मचारीको यदि आन्तरिक सांगठनिक कुनै पनि नराम्रो आचार र व्यवहारसम्बन्धी उजुरी छैन भने उनीहरुको पुर्नवहालीमा कुनै पनि समस्या आउने छैन ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी बिष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदलाई प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

यति धेरै हल्लाखल्ला र राजनीतिकरणसमेत गरिएको निर्मला बलात्कार तथा हत्या काण्डको जग कति कमजोर पारिएको रहेछ भन्ने कुरा अहिले आएर खुलेको छ । यद्यपि सरकारका तर्फबाट उक्त घटनाबारे निरन्तर अनुसन्धान भइरहेको बताइएको छ ।

वर्तमान आईजीपी शैलेन्द्र थापा क्षेत्रीले भने अब यस घटनाको बारेमा सुरुदेखि अनुसन्धान थालेर टुंगोमा पुर्याउने आश्वासन दिएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्