निर्मलाको ह’त्यारा, त्यो बला’त्कारी पनि हाम्रो कानुनको पत्र्जाको नजिक आइसकेको छ : गृहमन्त्री

विराटनगर, ८ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको ह’त्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । उनले बला’त्कारीलाई पानी मुनी गएपनि नछाड्ने बताए । उनले भागरथी भट्टको बला’त्कारीलाई समात्न सफल भएको उल्लेख गर्दै निर्मला पन्ताका बला’त्कारलाई पनि कानुनको कठघारामा ल्याइछाड्ने बताए ।

‘निर्मलाको ह’त्यारा, त्यो बला’त्कारी पनि हाम्रो कानुनको पत्र्जाको नजिक आइसकेको छ । चाँडै सफल हुन्छौं,’ गृहमन्त्री थापाले भने । २०७५ साउन भदौ ११ गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बला’त्कार पछि ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो । तर, घ’टना भइसकेको दुई वर्ष बितिसक्दा पनि ह’त्यारा पक्राउ परेको छैन ।

माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी ह’त्या भएको थियो । प्रहरीले ह’त्याको अभियोगमा एक किशोरलाई पक्राउ गरिसकेको छ । गृहमन्त्री थापाले आफ्नो कार्यकालमा देशभित्र भएका अ’पराध्हरु समेत कमी आएको दा’बी गरेका छन् । गृहमन्त्री थापाले भने, ‘यो सरकारले कुनै पनि अप’राधीलाई छुट दिनेछैन । भ्र’ष्टाचारीलाई छुट दिनेछैन ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्