नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो खसेर बाटो अवरुद्ध

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्