पर्बाट, २२ असोज । पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फलेवास नगरपालिका –६ देविस्थान स्थित चन्दनीकी आठ बर्षिया श्रीसा राना रहेको बताइएको छ ।
बोडिङ हिँडेको समयमा खुट्टा धुने क्रममा नहरले बगाउँदा उनको मृत्यु भएको हो । विहान ११ बजे बोडिङ हिँडेकी बालिकाले स्थानीय साताकुरियामा नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिईन । बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाईले स्थानीयलाई खवर गरेका थिए ।
बालिकालाई नहरले बगाए ५ मिटर तल पुर्याएको र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।