नव नियुक्त तीन मन्त्रीद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण, आजैबाट कार्यभार सम्हाल्दै

काठमाडौं, २९ असोज । बुधबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई क्रमशः अर्थ, शहरी विकास र महिला बालबालिका तथा जेष्ठ मन्त्रीमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पौडेल र श्रेष्ठद्वयलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । सपथ लगत्तै तीनै जना मन्त्रीले आजै सिंहदरवार पुगेर कार्यभार सम्हाल्दैछन् ।

यो पनि पढ्नुहोस् :- नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले कार्यभार सम्हालेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शपथ लिएका हुन् ।

श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निवर्तमान महिला, बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चारको जिम्मा दिएर श्रेष्ठलाई महिला मन्त्रालयमा ल्याइएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्