नदीमा नुहाउन गएका एक युवक बेपत्ता

बर्दिया, २८ भदौ। बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिनुभयो ।

बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो । रासस

यो पनि पढ्नुहोस

काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको घरबेटीको कु’टाइबाट मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–७ का प्रेमलाल महर्जनको कु’टाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै आएका व्यक्ति हुन्। महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारका अनुसार, शुक्रबार विहान सामान्य वि’वादमा घरबेटी महर्जनले चौधरीमाथि कु’टपि’ट गरेका थिए।

कु’टपि’टबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्