धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु

धरान,०८ कार्तिक। धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा आमा र शिशुसहित दुई जनाको ज्यान गएको हो। मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्