देवेन्द्र बब्लु र रोशनीको जोडीको काठमाडौंमा खुलेआम रोमान्स (भिडियो सहित)

देवेन्द्र बब्लुको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुसुक्क हाँस’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा देवेन्द्र बल्लुकै शब्द तथा संगीत छ भने मेलिना राईको पनि स्वर सुन्न सकिन्छ । गीतलाई श्यामस्वेत रसाइलीको मिक्सिङ र एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा देवेन्द्र आफैँ फिचर भएका छन् । रोमान्टिक शैलीमा प्रस्तुत गरिएको भिडियोमा रोशनी कार्की देवेन्द्रको जोडी बनेकी छिन् । भिडियोमा देवेन्द्र र रोशनीको जोडी निकै सुहाएको देखिन्छ ।

गीतले आफूले माया गर्ने मान्छे हाँस्दा हाँस्ने र रुँदा सँगै रुने भाव समेटिएको छ भने सँगै बाँच्ने र मर्ने कसम खाएका प्रेमी ले एक अर्काको लागी मुस्कुराउँदा दुबैलाई संसारकै ठुलो खुसी मिल्ने गीतले बताएको छ । भिडियोमा रोशनी र बब्लुको प्रेम निकै सुन्दर र सरल तरिकाले प्रस्तुत गरिएको छ ।

देवेन्द्रकै निर्देशनमा तयार भएको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा प्रविण भट्टले पाएका थिए । म्युजिक भिडियो बब्लुकै युट्युब च्यानलमा हेर्न सुन्न सकिन्छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्