दुलहाका पिताले दाइजोमा दिइएको ११ लाख फिर्ता दिएः १०१ रुपैयाँ लिएपछी यस्तो भने

भारतका एक अवकाश प्राप्त प्रधानाध्यापक बृजमोहन मीणाले आफ्नो छोराको मंगलबार इन्गेज्मेन्ट गरेका थिए । एक भारतीय सञ्चार माध्यमका अनुसार इन्गेज्मेन्ट भइरहेका बेला दुलहीका पिताले पैसाले भरिएको प्लेट दुलहाका पिताको अगाडि राखिदिए ।

यो देखेर बृजमोहनले आफूलाई पैसा नचाहेको बताउँदै आफूहरुलाई छोरीमात्र चाहिएको बताए । यति भनेर उनले दाइजोमा पाएको ११ लाख भारु फिर्ता दिए । मानिसहरुले परम्पराको कुरा उठाएपछि उनले १०१ रुपैयाँ सगुनको रुपमा स्विकार गरे ।

बृजमोहन आफ्ना छोरा रामधनको आरती मीणासँग इन्गेजमेन्टका गर्न पुगेका थिए । उक्त कार्यक्रममा दुलहा परिवारको यस्तो व्यवहार देखेर मानिसहरुले उनको असाध्यै तारिफ गरे र सबैलाई यसबाट केही पाठ सिक्न अपिल समेत गरे ।

आफ्ना हुन लागेका ससुराको निर्णयले दुलही आरती मीणा असाध्यै खुसी छिन् । आरतीका अनुसार दाइजोमा पाएको रकम फिर्ता दिएर आफ्ना ससुराले समाजलाई सन्देश दिएका छन् । उनले भनिन्, ‘यसले छोरीको सम्मान बढाउँछ ।’ आरतीले बी.एससी गरेपछि बी.एड गरिरहेकी छिन् ।

यस्तै आरतीका हजुरबुवा प्रभु लाल मीणाले सम्धि बृजमोहन मीणाले दाइजोको रकम फिर्ता गर्नु आफ्नो लागि निकै ठूलो प्रेरणा भएको बताएकी छिन् । -एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्