दुर्घटनामा गैरसरकारी संस्था महास‌ंघ मकवानपुरका अध्यक्ष डाक्टरकी श्रीमतीको मृत्यु

हेटौँडा, १६ असार। सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा जीप दुर्घटना दुर्घटना भएको छ। मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महास‌ंघ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार चार जनानै घाइते भएका छन् । स्कर्पियो जीपमा काठमाडौंबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परी धितालका छोरा अनुज र चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् ।

यस्तै, “कृष्ण धिताल” र “छोरी वर्षा” मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्