दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’तावस्थामा फेला

नवलपरासी, २० कत्तिक । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’तावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’तावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुई दिन देखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’तावस्थामा फेला परेको हो । मृत्युको कारण बारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुधबार राजधानीको कोटेश्वर स्थित एक गेष्ट हाउसमा एक युवती मृ’त फेला परेकी छन् । मृ’त फेला पर्नेमा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसको २०४ नम्बर कोठामा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिए ।

लामाका अनुसार अधिकारी मंगलबार राति सो होटलमा आएर बसेको अनु’सन्धा’न बाट खुलेको छ । ‘बुधबार बिहान अबेर सम्म पनि तल नझरे पछि स्टाफले गएर हेर्दा उनी मृ’त फेला परेकी हुन्,’ लामाले भने ।

उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी अधिकारीको साथ बाट ला’गुऔ’षध नाइ’ट्रोभे’ट पनि भेटाएको लामाले बताए । अधिकारीको शव पोष्टमार्टमको लागि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा राखिएको छ । घ’टना बारे थप अनु’सन्धा’न भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्